न्यूयोर्क टाइम्स स्क्वायरमा ‘ट्रम्प डेथ क्लक’ झुन्ड्याइयो

एजेन्सी । अमेरिकामा मानिसहरुले कोरोना संक्रमणका कारण यति धेरै मानिसहरु मर्नुको पछाडि राष्ट्रपति डोनाल्ड ट्रम्पको हात रहेको आरोप लगाइरहेका छन् ।

अधिकांश अमेरिकीहरुले राष्ट्रपति ट्रम्पले गम्भीर ढंगले आवश्यक कदम चालेको भए मृत्यु हुनेहरुको संख्या यति धेरै नहुने बताइरहेका छन् । यति धेरै मानिसहरुको मृत्यु हुनुको पछाडिको कारण उनीहरुले ट्रम्पको लापर्वाही नै भएको ठहर गरिरहेका छन् ।

विश्वभर कोरोनाले मर्नेहरुको जम्मा संख्याको एक तिहाइ संख्या अमेरिकामा देखिएको छ । त्यसैले राष्ट्रपति ट्रम्पलाई ब्यङ्ग्य गर्न चर्चित सञ्चारगृह न्युयोर्क टाइम्स स्क्वायरमा फिल्म निर्माता युजेन जारेकीद्वारा डिजाइन गरिएको एउटा घडी स्थापना गरिएको छ । यस घडीको नाम ‘ट्रम्प डेथ क्लक’ दिइएको छ । यो घडीले न्युयोर्कमा कोरोना संक्रमणबाट मर्नेहरुको आंकडा देखाइरहन्छ ।

यस घडीमा प्रत्येक मृत्यु रेकर्ड गरिएको छ र संख्या बढिरहेको देख्न सकिन्छ । हालसम्म अमेरिकामा मर्नेको संख्या ८४ हजार नाघेको छ भने संक्रमितहरुको संख्या १४ लाख १७ हजार ३९८ पुगेको छ ।

१ जेठ २०७७, बिहीवार ००:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु