काँग्रेसबाट दुःख व्यक्त

काठमाडौँ, २२ असार (रासस) ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्ताङको स्याङ्बोचे सडक निर्माणका क्रममा खटिएका मजदूर चढेको टिपर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु हुन भएकमा दुःख व्यक्त गर्नुभएको छ ।

कांँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । “दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ”, विज्ञप्तिमा उल्लेख छ । साथै घाइतेको शीघ्र स्वाथ्यलाभको कामना गरिएको छ ।

२२ असार २०७५, शुक्रवार १४:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु