यदि भगवान छ भने !

कविताUntitled

अन्धकार त्यो झुप्रो भित्र
रूमल्लीएका छन् भोकहरू
हिजो सम्म पाखुरा बजार्ने
कैयौँ हातहरू
आज बिरामी भएका छन् उस्तै गरी
यत्रतत्र छरिएका छन्
नाङ्गा शरिरहरू
अनि चिच्याउदै छन् एकै स्वरमा
यदि भगवान छ भने ।
हो, यदि भगवान छ भने
हामी मरेर बाच्ने छौँ
सत्य युगमा छोडिएर रहेका
इतिहासका पानाहरू साक्षी छन्
यहाँ मान्छे स्वार्थी भएको
जीवन निमोठी निमोठी बाँचिरहेको
यदि मानव आज मानव नभइ
वन मानव भएको भए
खुलेयाम दानवहरूको नै राज हुन्थ्यो होला
तर बिडम्बना
खै के मा फरक छर ? आज
दानव र मानवमा
यहाँ मानवहरूकै भिडभित्र
एउटा नारीको अस्मितामा दाग लागीरहेको छ
प्रत्येक दिन
यदि भगवान छ भने ।।
सत्य युगमा जस्तै
राम र भीम जन्माउने थिए
एउटा बुद्ध पठाउने थिए
रत्तिम खुसिहरू लुटेर
बारूदका फोहोरी खेल हटाउने थिए
अनि कैयौँ झुप्राहरूलाइ
सजाउने थिए
त्यहिँ भित्रका बिरामी पात्रहरूलाई
नयाँ जीवन दिने थिए
एउटा नारीको अस्मितामा दाग लाग्न
दिदैन थिए
यदि भगवान छ भने !                 -अनिश.अतित

Rocklazyboy@gmail.com

१९ असार २०७३, आइतवार १६:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु