आज रातिबाट टुटल र पठाओ सेवा सुरु हुँदै

७ असार, काठमाडौं । निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् ।

पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आज रातिदेखि पठाओ संचालन हुने बताए ।

‘यसपटक पीपीई प्रयोग गर्दैनौं, अरु त्यसैगरी आवश्यक सतर्कतासहित अब पनि सेवा थाल्छौं छौं,’   बस्नेतले भने । सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने गरिएको उनले बताए ।

उनले भने, ‘पहिलेको भन्दा पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि भएको छ । हामीले भाडा बढाउन पनि छलफल गरिरहेका छौं । तेलको मूल्य धेरै बढेको कारणले अब भाडा पनि वृद्धि गर्ने तयारीमा हामी छौं । कति वृद्धि गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

टुटलका सीईओ शिक्षित भट्टले सरकारको नियम अनुसार भोलिबाट टुटल सञ्चालन गर्ने बताए । उनले भने, ‘सरकारले बाइकलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ । सरकारको जोरबिजो प्रणाली अनुसार नै टुटलले सेवा दिने छ ।’

‘हामी सतर्कतासहित सेवा दिन्छौं, यात्रुलाई पनि मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं,’ उनले भने ।

पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ । पञ्जा, मास्क, र सेनिटाइजर प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ ।

७ असार २०७८, सोमवार १५:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु