जीप दुर्घटनामा एकको मृत्यु, ७ जना घाइते

२ असार, स्याङजा । जिल्ला स्याङजा भिरकोट नगरपालिका वडा नं. ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडकखण्डमा जीप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

स्याङ्जा भिरकोट नरपालिका ३ का ३६ वर्षीय गणेशजंग अधिकारीको उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै घाइते सही नगरपालिकाका ३० वर्षीय जीप चालक विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीया रुक बहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र स्याङजा पुतली बजारको २४ वर्षीय दिनेश परियार रहेका छन् ।

बानेथोकबाट बयारघारी तर्फ आउँदै गरेको ग. १ ज. ४९४० नं. को जीप अचानक अनियन्त्रित भई दुर्घटना भइ सडकबाट ५ मीटर तल खसेको थियो ।

उनीहरुको पोखरामा उपचार भइरहेको छ ।

२ असार २०७८, बुधवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु