सभामुख र स्वास्थ्यमन्त्री बाढी प्रभावित क्षेत्र गृहजिल्ला जाँदै

२ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि आज सिन्धुपाल्चोक जाँदैछन् ।

उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यसैगरी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटा र मन्त्री सापकोटा दुवैको गृहजिल्ला सिन्धुपाल्चोक हो ।

२ असार २०७८, बुधवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु