राजेन्द्र महतोको पुत्ला जलाउने ११ जना वानेश्वरबाट पक्राउ
काठमाडौं उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल निकट विद्यार्थी संगठनले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै खनाल नेपाल पक्षीय अनेरास्ववियुले महतोको पुत्ला दहन गरेको हो ।
पुत्ला दहन गर्ने ११ जना पक्राउ परेका छन् ।
महतोले शुक्रबार एक अन्तर्वाताका क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिए उनीहरुले पुत्ला जलाउनुको क्रममा महतोलाई राष्ट्रघाती भन्दै नारा समेत लगाएका थिए ।
अनेरास्ववियुकी महासचिव आरती लामाका अनुसार त्यसक्रममा प्रहरी र विद्यार्थी समूहबीच केही समय धकेला९धकेल समेत भएको थियो।
प्रहरीले खनाल नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदीप पराजुली महासचिव आरती लामा, केन्द्रीय सदस्य तपेन्द्रजंग शाही, अशोक थापा, मेघनाथ चपागाई,अमर पुन, हर्क बम महेश श्रेष्ठ, लक्ष्मी क्षेत्री, आकाशलगायत ११ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा लगेको थियो । अहिले आफूहरु रिहा भइसकेको लामाले जानकारी दिइन् ।
२२ जेठ २०७८, शनिवार २०:४६ बजे प्रकाशित