फेसबुक बन्द भएपछि ट्रम्प भन्छन्ः राष्ट्रपति बनेछु भने जुकरबर्गलाई डिनरमा बोलाउँदिन

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्कोपटक राष्ट्रपति बनेमा आफूले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई डिनरको लागि नबोलाउने बताएका छन्।

फेसबुकले आफ्नो अकाउन्ट दुई वर्षका लागि बन्द गरिदिएपछि रुष्ट बनेका ट्रम्पले आफूले जुकरबर्गलाई ह्वाइट हाउसको डिनरमा नबोलाउने र जुकरबर्गले डिनरका लागि बोलाए पनि नजाने बताएका हुन्।

सो क्रममा उनले आफ्नो फेसकुब बन्द हुनुलाई अमेरिकी जनतामाथिको अपमान भएको पनि बताएका छन्।

ट्रम्पको अमेरिका पोलिटिकल कमिटीले एब बयान जारी गर्दै भनेको छ,‘फेसबुकको फैसला साढे ७ करोड अमेरिकी नागरिकको अपमान हो जसले ट्रम्पलाई भोट गरेका थिए।’

गत जनवरीमा ट्रम्पका समर्थकले जो बाइडेन राष्ट्रपति बन्नै लाग्दा अमेरिकी संसद भवनमै तोडफोड गरेका थिए। ट्रम्पले चुनावको हार अस्वीकार गरेपछि उनका समर्थक हिंस्रक बनेका थिए।

ट्रम्पकै कारण अमेरिकामा हिंसा भड्किएको भन्दै सामाजिक संजालहरुले धमाधम ट्रम्पको अकाउन्ट बन्द गरेका थिए।

सो क्रममा फेसबुकले पनि ट्रम्पको फेसबुक पेज, अकाउन्ट र इन्स्टाग्राम बन्द गरिदिएको हो।

-बीबीसी

२२ जेठ २०७८, शनिवार १६:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु