सभामुख सापकोटा संसद विघटनबारे कानुनविदसँग छलफल गर्दै
प्रतिनिधिसभा विघटनका विषयमा सभामुख अग्नि प्रसाद सापकोटाले संविधानविद् र कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गर्ने भएका छन् ।
सापकोटाले आज दिउँसो सो छलफल आयोजना गर्न लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो १ बजेबाट छलफल कार्यक्रम सुरु हुने जानकारी दिइएको छ ।
कानुनविद् तथा विज्ञहरुसँग प्रधानमन्त्री र राष्ट्रपतिले जेठ ८ गते गरेको प्रतिनिधिसभाको असंवैधानिक विघटनका विषयमा परामर्श गर्न गर्न लागेको सापकोटाको सचिवालयले बताएका छ ।
१३ जेठ २०७८, बिहीवार १२:३० बजे प्रकाशित





