जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

मोरङ मिक्लाजुङ गाउँपालिका ६ मा जंगली हात्तीले आक्रमण गर्दा सोमबार राति एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा थामीझोडाका ५० वर्षीय यामबहादुर बोहरा छन्।

राति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केन क्रममा जंगलबाट आएका तीन वटा जंगली हात्तीले उनलाई कुल्चेका थिए।

गम्भीर घाइते भएका बोहराको उपचारको लागि लैजाँदै गर्दा राति ११ बजे बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

१७ चैत २०७७, मंगलवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु