अब मज्जाले गाँजा खेती गर्न पाइने !

गाँजासम्बन्धी विविध कोणबाट बहस भइरहेको समयमा नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचीबाट हटाउनु पक्षमा मतदान गरेको छ ।

राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले सो पक्षमा मतदान गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । यस सम्बन्धमा केही सांसदले संसदमा नै बहस चलाइरहेका छन् ।

नेपालमा गाँजा सेवन वा यसको कारोबार प्रतिबन्धित छ ।

१९ मंसिर २०७७, शुक्रवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु