हुम्लामा भारी हिमपात, सिमकोटमा माईनस ८ डिग्री
भाईटिकमा टिका थाप्न जान समस्या

हुम्लामा आइतवार राति देखि भारी हिमपात सुरु भए सँगै जिल्लाको जनजीवन कष्टकर भएको छ ।
नियमित हुने कामहरु स्थानीयरुपमा प्रभावित भएको स्थानीयले बताएका छन् । हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । उतरी नाम्खागाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँजमेको नाम्खा गाउँपालिका वडा ६का वडाअध्यक्ष पाल्जोेर तामाङले बताए ।
हिमपातका कारण अहिले हुम्ला सिमकोटको तापक्रम ८ डिग्री माइनसमा झरेको उनको भनाई छ । आइतबार राती देखि परेको हिंमपातले गर्दा हुम्लाको सिमकोट, मुगुको ताल्चा, लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवाबन्द भएको विमानस्थल श्रोतले बताएको छ ।
हिमपातले चिसो बढे सँगै तिहाराको अन्तिम दिन भाईटिकमा टिका थाप्न जाँदा समस्या भएको छ ।
१ मंसिर २०७७, सोमवार ०९:०९ बजे प्रकाशित