आजको मौसम : हल्का बर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

हाल देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु(भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

महाशाखाबाट जारी विज्ञप्तिमा भनिएको छ, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।ु

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का बर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार देशको पहाडी भू(भागमा आंशिक बदली तथा भु(भागमा मौसम सामान्यतया सफा रहनेछ।

३० कात्तिक २०७७, आइतवार ०८:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु