बास्कोटाले ७० करोड डिल गरेको अडियो बाहिर ल्याउने मिश्र ह्वीलचेयरमा

पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ घुस मागेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने बिजय मिश्र काठमाडौं आईपुगेका छन्।

जापानबाट काठमाडौं आउने क्रममा फुडप्वाईजन भएपछि उनी बिरामी अवस्थामा काठमाडौंमा आईपुगेका हुन् । मिश्रले आफू जापानबाट सकुशल हिडेका तर जहाजभित्रै फुडप्वाईजन भएपछि उठ्नै नसक्ने अवस्थामा पुगेकोले ह्वीलचेयरको सहायता लिएको बताएका छन्।

उनी केही समयदेखि जापानमा थिए । मिश्रले छिट्टै पत्रकार सम्मेलन गर्ने जानकारी विमानस्थलमा उपस्थित पत्रकारहरुलाई गराएका छन् । उनले आफूमाथि कुनै प्रकारको सेक्युरिटी थ्रेट महसुस नगरेको प्रतिक्रिया दिएका छन्।

गत भदौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिन उपस्थित हुन सूचना निकालेपछि उजुरीकर्ताको रुपमा मिश्रले जापानबाटै बक्तव्य निकालेर आफू डिभाईस लिन जापान आएको र नेपाल फर्केर उक्त डिभाइस अख्तियारमा बुझाउने जनाएका छन्।

१५ कात्तिक २०७७, शनिवार ०७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु