चिसो बढ्यो : काठमाडौंको तापक्रम यो वर्षकै कम

काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । बुधबार बिहान यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ ।

बुधबार बिहान काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसममा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गत आइतबार उपत्यकाको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अघिल्लो सातादेखि तापक्रम निरन्तर घट्दै गएको छ। मंगलबार न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाडौंको तापक्रम बुधबार चार डिग्री घटेको हो ।

महाशाखाका अनुसार बुधबार दिउँसो काठमाडौंको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ । कात्तिक महिनाको मध्यमा आइपुग्दा देशभर चिसो बढ्दै गएको छ । यस वर्ष मनसुन बाहिरिन ढिला हुँदा जाडोसमेत ढिलामात्र सुरु भएको हो ।

१२ कात्तिक २०७७, बुधवार ०८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु