केपी अाेलीकाे ट्वीट : भ्रम कि यथार्थ, कि प्रचण्डलार्इ हल्लाउन खाजेकाे !
नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको भनिएका बेला प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार दिउँसो गरेको समीकरण फेरबदलमा बानी परेका भन्ने ट्वीटले राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ ।
ओलीको ट्विटले धेरै प्रश्न समेत जन्माएको छ । ट्वीटमा ओलीले भनेका छन्, ‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’
एमाले र माओवादीबीच विगत आठ महिनादेखि जारी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको चर्चा चलेका बेला ओलीको ट्वीटले दुवै दलका कार्यकर्ता समेत झस्किए भन्ने आशयका समाचारले सञ्चारमाध्यममा धेरै स्थान पाइरहेको छ । ओलीको ट्वीटमा नै रि ट्वीट गर्दै भन्न खोजेको के हो ? भन्ने आशयका अभिव्यक्ति पनि प्रसस्तै अाएका छन् । समाजिक सञ्जालमा यो बिषयले तरंग नै ल्याएको छ ।
ओलीकाे ट्वीट को प्रति लक्षित
ओलीको ट्विट कतिपयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित भएको टिप्पणी गरेका छन् । अर्को पक्षले प्रचण्ड, नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको सहकार्यमाथि व्यङ्ग्य भनेको छ ।
केहिले ओलीको प्रहार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित रहेको तर्क गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले भारतीय राजदूत मञ्विसिंह पुरीसँग रहस्यमय भेटवार्ता गरेको समाचार हिजो मात्रै सार्वजनिक भएको थियो । यद्यपी यसको स्वतन्त्र पुष्टी हुन बाँकी छ ।
केहि दिन अगाडि पार्टी नेताहरुसँगको एउटा छलफलमा केपी ओलीले भनेका थिए, ‘प्रचण्डले साह्रै बार्गेनिङ गर्न थाले, यो चाहियो, त्यो चाहियो भन्छन् । तरपनि एकता गर्नैपर्यो ।’
यसबीचमा प्रचण्डले वृहत ध्रुबीकरणको चर्चा गरे र नयाँशक्ति नेपालका संयोजक भट्टराई र फोरम नेपालका अध्यक्ष यादवसंग छलफल अघि बढाए ।
यहि बिचमा आयो केपी ओलीको ट्वीट
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डाकुन्दन अर्याल भन्छन ‘प्रमको यो ट्वीट कुनै दलमाथि लक्षित होइन, राजनीतिक अस्थिरताबारे चिन्ता व्यक्त गरिएको हो’, तीनवटा निर्वाचन सकिएपछि मुलुकले विकास र समृद्धिको गति लिन थालेको छ । यसैलाई पनि केन्द्रित गरेर प्रमले धारणा सार्वजनिक गर्नुभएको हो ।’
सोमवार नै प्रचण्डले सार्वजनिक कार्यक्रममा आफ्नो अभिव्यक्ति दिए, ‘जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुँदैन । ‘ उनले भने ‘माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पर्नु हो । जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।’
ओलीको ट्विट कतिपयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित भएको टिप्पणी गरेका छन् । अर्को पक्षले प्रचण्ड, नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको सहकार्यमाथि व्यङ्ग्य भनेको छ ।
गत वैशाख ९ गते अर्थात कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन नै पार्टी एकीकरण गर्ने घोषणा असफल भएपछि दुई पार्टीबीचको एकता प्रक्रिया लम्बिँदै गएको छ ।
यसै सन्दर्भमा हामीले नेकपा एमालेका संसदीय दलका उपनेता तथा पार्टी एकता कार्यदल सदस्य सुवास नेम्वाङलाई दुई अध्यक्षको फरक अभिव्यक्ति आयो नी ! भनेर सोध्यौँ, जवाफमा उनले भने ‘यो दुई अध्यक्षको प्रस्तुतीको शैली फरक हो, दुबै अभिव्यक्तिमा कुनै विवादको विषय म देख्दिन ।
खास कुरा के हो भने दुई अध्यक्षले हामीलाई भन्नु भएको छ, मिल्न बाँकी रहेका बिषयमा हामी वान टु वान बसेर सहमती गर्छौ र पार्टी एकताको औपचारिक घोषणा हुन्छ । यसबाट दायाँवायाँ गर्ने ठाउँ छैन् र हुन सक्दैन , यो मेरो विश्वास हो । ‘
केपी ओलीले समीकरण फेरबदलको बिषय उठाउनु र प्रचण्डले जनयुद्ध बिर्सेर एमालेसंग एकता हुँदैन भन्नुमा शाब्दिक फरक मात्रै हो भन्न खोज्नुभएको ?
तपाँईलाई म फेरि भन्छु, यसमा प्रस्तुतीको शैली फरक भएको मात्रै हो । कुनै विवाद छैन् । तपाँईको आशय पार्टी एकतामा कतै दरार आयो कि भन्ने हो, म प्रष्ट पार्न चाहन्छु, दुबै अध्यक्षको भाषामा पार्टी एकिकरण पुल भत्काएर अगाडि बढिसकेको छ, फर्किने ठाउँ छैन् । सुरुमा हामीले मिति तोकेर अभ्यास गर्यो, त्यो असफल भएपछि मिति नतोक्ने र वान टु वान छलफलमा सहमती भएपछि एकता पकृयालाई अन्तिम रुप दिने, उहाँहरुले नै भनेको होईन हामी झ्याम्मै एकता गर्छौ भनेर, अनि तपाँईले उठाउन खोजेको बिषयले कहाँनेर मेल खान्छ त ?
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डाकुन्दन अर्याल भन्छन ‘प्रमको यो ट्वीट कुनै दलमाथि लक्षित होइन, राजनीतिक अस्थिरताबारे चिन्ता व्यक्त गरिएको हो’, यसैलाई पनि केन्द्रित गरेर प्रमले धारणा सार्वजनिक गर्नुभएको हो ।’
दुई अध्यक्षले यस्ता फरक तरिकाले आफ्ना प्रस्तुती दिँदा शंका लाग्नु, प्रश्न उठ्नु स्वभाविक हो , यसमा सन्देश रहेन, पार्टी एकतामा ढिलाई भएको पनि पक्कै हो तर रोकीनेवाला छैन् । जनताले दिएको म्यान्डेड अनुसार हामी धेरै अगाडि बढिसकेका छौँ । अब फर्किने र रोकिनेवाला छैन् ।
एकिकृत पार्टीमा रहने संख्याका बिषयमा कुरा नमिलिरहेका बेला दुबै अध्यक्षले सार्वजनिक रुपमै बार्गेनिङ गरेका भन्ने टिप्प्णी समेत गरेका छन् कतिपयले …
कम्युनिष्ट एकता प्रकृयामा समेल भएदेखि नै हामीबीचमा कुनै प्रकारको बार्गेनिङ छेन् । अब कति सदस्य रहने, त्यसमा को -को रहने भन्ने बिषयमा हामीबीचमा केहि बिषयमा छलफल बाँकी ने छ, यसको अर्थ बार्गेनिङ होईन । योग्यले जिम्मेवारी पाउनुपर्छ भन्ने हाे । विगतमा चुनावमा उम्मेदवार उठाउँदा होस वा अन्यमा हामीले छलफलबाट सबै बिषय टुङ्ग्याउँदै आएका छौँ । अहिले पनि त्यस्तै हुन्छ । कुनै प्रकारको बार्गेनिङ् छैन् ।
२५ वैशाख २०७५, मंगलवार ०२:४१ बजे प्रकाशित














