किन भयाे जर्नादन शर्मामाथि बम प्रहार ?

निष्फिक्रि भएर मतदान गर्न आयोगको आग्रह

सम्झना पौडेल/

काठमाडौ । जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार भयो ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री समेत रहेका शर्मा लक्षित बम प्रहार भएपनि कुनै घटना भने हुन पाएन ।

चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार हुनुको कारण के हो ? कसले गरायो यस्तो घटना ? के थियो उदेश्य अनेक प्रश्न उबिजएका छन् ।

प्रहरीले पनि बम कसले हानेको भन्ने पहिचान गर्न सकेको छैन् ।  

 

के भन्छन त सरोकारवालाहरु ?

उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम पश्चिमले विरोध गर्दै देशको विकास र समृद्धिको विरुद्ध बम प्रहर भएको निश्कर्ष निकालेको छ ।

प्रदेश र प्रतिनिधि शभा निर्वाचनको व्यवस्थापकीय काममा राज्यका सबै निकाय पनि जुटिरहेका छन् ।

स्थानीय तहको निर्वाचनबाट सुरु भएको चुनावी अभियान प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकाएर टुंग्गिदैछ । त्यसको लागि सुरक्षा र आवश्यक तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन १६ दिन मात्रै बाँकी छ । निर्वाचन नजिक आउँदै गर्दा दल र उम्मेदवारलाई निकै चटारो छ ।

निर्वाचन गराउने निकाय निर्वाचन आयोग र सुरक्षा दिने अंगहरु पनि उत्तिकै चलायमान भएका छन । यही बीचमा आज रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका माओबादी नेता जनार्दन शर्मा चढेको गाडिलाई लक्षित गरी बम हानियो । त्यसलाई नै आधार मानेर सुरक्षामा प्रश्न उठाईयो ।

त्यसको जवाफ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिएका छन् । ‘उनले भने सुरक्षामा कुनै कमी हुन दिइँदैन ‘

चुनावका लागि राज्यका चारै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान निकाय सक्रिय छन् । ती निकायले जिल्लाहरुलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा रणनीति तयार गरेर लागु गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।
निर्वाचनको समयमा सेना परिचालन गर्न नहुने आवाज पनि उठ्ने गरेको छ ।

तर मतदाताले बिनासंकोच, निडरताका साथ आफ्नो मत दिने वातावरणकै लागि जिम्मेवारी पूरा गर्ने प्रधानसेनापति राजेन्द्रकिशोर क्षेत्रीको प्रतिवद्धता छ ।

निर्वाचनसंग जोडिएर सुरक्षा मात्रै नभएर आर्थिक पारदर्शिताको बिषय पनि आउँछन । दल र उम्मेदवारले चन्दा आतंक मच्चाउने गरेर भनेर निजी क्षेत्रले आलोचना पनि गरेका छन । नेपालमा निर्वाचन निकै खर्चिलो र भड्किलो हुने गरेको छ । त्यसको नियन्त्रणका लागि सरकारलाई चनाखो हुन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारलाई सचेत गराएको छ ।

सरकार पनि निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता गरिरहेको छ ।

दल र उम्मेदवार सिद्धान्त र निष्ठामा इमान्दार रहने अनि मतदाता पनि डर र प्रलोभनमा नपर्ने हो भने मात्रै निर्वाचनको मर्म कायम रहनेछ ।

२४ कात्तिक २०७४, शुक्रवार १५:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु