अन्नपूर्ण पदमार्ग जोगाउन वैकल्पिक पदमार्ग निर्माण
लमजुङ, कात्तिक २१ । विश्वको उत्कृष्ट दश पदयात्रा गन्तब्यमध्येको एक अन्नपूर्ण सेरोफेरो पदमार्ग जोगाउन वैकल्पिक पदयात्रा मार्ग निर्माण गरिएको छ ।
लमजुङ र मनाङको हिमाली जिल्ला समेट्ने गरी तीन साता लामो पदमार्ग ७ देखि १० दिनमा छोटिएसँगै पदमार्ग जोगाउन स्थानीय होटल व्यवसायीले वैकल्पिक पदमार्ग बनाएका हुन् ।
पर्यटन विकास बोर्डको २० लाख लागतमा निर्माण गरिएको वैकल्पिक पदमार्गमा बाटो निर्माण, नक्शांकन, रेखांकन, चिह्नहरू, नजिकका पर्यटकीय आकर्षणको पहिचान गरिएको छ । बेशीशहरदेखि खुदीसम्म पदमार्ग निर्माण भइसकेको छ भने यही बर्ष चामेसम्म पुर्याइने लमजुङ मनाङ होटल ब्यवसाय समितिका सचिव पूर्णबहादुर गुरुङले जानकारी दिए ।
नयाँ वैकल्पिक पदमार्गको शुरुवात पूर्व सांसद जमीन्द्रमान घलेले गरे ।
२१ कात्तिक २०७४, मंगलवार ०४:०२ बजे प्रकाशित






