भारतिय हस्तक्षेपका विरुद्ध विरोध हैन कुटनितिक पहल गरौँ

रघुनाथ बजगाँई, फागुन, २०७३। गएको सोमवार कञ्चनपुर पुर्नवासममा भारतिय सिमा सुरक्षाबल एसएसबीको गोली लागी गोविन्द गौत्तमको मृत्यु भए पछि नेपाल÷भारतका सिमा विवाद र दुई देशको सम्वन्धको चर्चालाई शिर्ष नेतृत्वले सतहमा ल्याएको छ । प्रमुख प्रतिपक्षि नेकपा एमालेले राजनितिक मुद्धा नै बनाएको जस्तो देखिन्छ । मेचीमहाकाली राष्ट्रिय अभियान अन्र्तगत चितवनमा आयोजित सभामा अध्यक्ष केपी शर्माले भारतले माफी माग्नुपर्ने बताए । उनले भारतलाई अन्तराष्ट्रिय कानुन मानेर कञ्चनपुर घटनामा माफी माग्न आग्रह गरेका हुन् । सरकारलाई स्थानीय स्तरमा छाडेर केन्द्रीय स्तरमा वार्ता गरी मृतक परिवारलाई क्षतिपूर्ति भराउन सुझाए । नेपाल सरकारलाई उनले कञ्चनपुर घटनालाई पुलुक्क हेरेर चुप लागेको टिप्पणी गरे ।
नेपाली भुमीमा पसेर भारतिय सुरक्षाबल एसएसबीले गोली हानेर नेपालीको हत्या गर्दा पनि सरकारले आवश्यक कुटनितिक पहल नगरेको भन्दै रोष प्रकट गरे । भारतलाई नेपाली भुमी नमिच्न र नेपाली जनताको हत्या नर्गन भने ।
प्रधानमन्त्री, गृहमन्त्री, अन्य बाहालवाला मन्त्रीहरुले पनि सार्वजनिक रुपमै कञ्चनपुर घटनालाई भारतिय हस्तक्षेपको संज्ञा दिएका छन् । सडक देखी सदनसम्म विरोधका आवाज चर्किएका छन् । दुबै देशका शिर्ष तहमा कुराकानी भएका छन् । तर भारतीय दुतावासले आफ्नो तर्फबाट गोली नचलेको भन्दै नेपालमाथी जे गरे पनि हुन्छ भने जस्तो ब्यबहार देखाइरहेको छ । पुर्वराजदुत्त एवं कुटनितिज्ञ भेषबहादुर थापा भारतिय दुतावासले विना छलफल विना अध्ययन विज्ञप्ती निकालेर तथ्यहिन भ्रम फैलाउन खोजीएको टिप्पणी गरे ।
तर दुबै देशमा शिर्ष तहमा छलफल भएका छन् । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकलाई क्षेतिपुर्ती तथा क्षमायाचना सहितको ट्वीट गर्नुले वातावरण केही सहज बनाईदिएको छ ।
कञ्चानपुर घटना त पछिल्लो शृङ्खला मात्रै हो । दाङ्, बदिया, बाँके, कैलाली, सुनसरी लगायतका जिल्लाबाट कैयन सिमा स्तभ्म हराएका छन् । सिमामा भारतिय पक्षले निमार्ण कार्य एवं सुरक्षाकर्मीको उपस्थिति बढाएको छ । सैनिकलाई पेन्सन बितरणका लागि भने ठाउँ ठाउँमा कार्यालय खोलेर हस्तक्षेपको हांगा फिँजाईरहेको छ । तर नेपाली सुरक्षाकर्मीहरुको उपस्थिति धेरै कम ठाउँमा मात्र हुनुले नेपाल तर्फका मात्रै सिमा खुला छन् भने जस्तै छ । सरकारको ध्यान यसतर्फ खास गएको छैन् । नेपाल भारत बिच भएको सुगौली सन्धीको सक्कली पत्र हराएजस्तै सिमा स्तभ्म हराउँदा र सिमा क्षेत्रमा भारतिय सुरक्षाकर्मीको उपस्थिति बाक्लिँदा पनि सरकारको नेतृत्वले कूटनीतिक कूशलता देखाउन सकेको छैन । तराई केन्द्रित राजनिति गरिरहेका क्षत्रिय दलहरुको ध्यान सिमा भन्दा सिंहदरवार तिर बढि केन्द्रित छ । भारतिय न ाकाबन्दीलाई आफुले गरेको भनेर नाक जोगाईदिने मोर्चा यसपाली पनि खै किन बोलीरहेको छैन् । अब त नेपाली भूमीमै आएर बिदेशीले गोली दागिरहँदा अन्र्तराष्ट्रिय स्तरमा केहि नभए जस्तो गरि केहि बोलीरहेका छैनौ ।
२८ फागुन २०७३, शनिवार १५:२६ बजे प्रकाशित