स्थानीय विकास मन्त्रालयको निर्देशन

 काठमाडौँ, १ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मातहतका निकायमा आन्दोलनरत कर्मचारीसँग छलफलगरी काममा फर्कने वातावरण सिर्जना गर्न सबै स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ ।

नेपाल सरकार सचिवस्तरीय आजको निर्णयअनुसार आवश्यक समन्वय गर्न उहाँहरुलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिको नाममा विभिन्न छवटा माग राखी स्थानीय निकायका कर्मचारीले माघ १९ गतेदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

ट्रेड युनियनले आफ्नो माग पूरा नभए स्थानीय निकायका कामकाज ठप्प पार्ने जानकारी प्राप्त भएको जनाउँदै मन्त्रालयले स्थानीय निकायमा कार्यरत कर्मचारी, सेवाग्राही तथा सम्पतिको भरपर्दाे सुरक्षा व्यवस्था मिलाएर कार्यालयको काम कारबाही सञ्चालन गराउन स्थानीय विकास अधिकारी र कार्यकारी अधिकृतलाई भनेको छ । सेवाग्राहीलाई यथावत् सेवा प्रदान गर्न सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । रासस

१ फागुन २०७३, आइतवार १५:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु