थप एक जनामा कोरोना पुष्टि
पोखरा । गण्डकी प्रदेशको नवलपुरमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरको देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा बसेका ४० वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमित पुरुषलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यो सँगै ण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।
यस्तै, काठमाडौंमा स्वाब टेस्ट गर्दा कोरोना पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका ३९ जनाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जानकारी दिएको छ ।
२८ जेठ २०७७, बुधवार ०१:३८ बजे प्रकाशित





