‘राष्ट्र उद्गार’ कविता संग्रहको लोकार्पण

६ माघ, काठमाडौँ । युवा कवि राम वर्तौलाको कविता संग्रह ‘राष्ट्र उद्गार’ बजारमा आएको छ ।

उक्त कविता संग्रहमा राष्ट्रियताको भावना जागरण गराउने विभिन्न शीर्षकका ३० वटा कविता रहेको छन् । शनिवार एक कार्उक्रमकाबीच पूर्व–प्रधानमन्त्री झलनाथ खनालले उक्त कविता संग्रहको विमोचन गरे ।

कृतिकार वर्तौलाले देशमा परिवर्तन भए पनि जनतामा असन्तोष अझै रहेकाले त्यसलाई बाहिर खोतल्ने हिसाबले यो कविता संग्रह ल्याएको बताए ।

‘बुद्ध पुनःएक चोटी जन्म लेऊ’, ‘शब्दप्रतिको प्रेम’ र ‘अस्तित्वको खोजी’ जस्ता शक्तिशाली कविता समावेश ‘राष्ट्र उद्गार’ बर्तौलाको पाँचौ कृति हो ।

यसअघि उनले गजल, कविता, गाँउखाने कथा र सामान्य ज्ञान समेत प्रकाशन गरिसकेका छन् ।

७ माघ २०७५, सोमवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु