नेपालले गर्यो ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर
काठमाडौँ, वैशाख २९ । नेपालले चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ (ओबीओआर)को ‘फ्रेमवर्क’ समझदारीमा अाज हस्ताक्षर गरेको छ ।
शुक्रबार विहान परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरे ।
सरकारले गत सोमबार ओबीओआरको साझेदार देश बन्ने निर्णय गरेको थियो ।
२९ वैशाख २०७४, शुक्रवार ०२:२४ बजे प्रकाशित













