‘राजनीतिक सहमतिमा संविधान कार्यान्वयन’
बुटवल । नेपाली काँगे्रसका नेता तथा सांसद बालकृष्ण खाँणले मुख्य राजनीतिक दलको सहमतिमा मात्रै सरकारले संविधान कार्यान्वयन गर्न सक्ने बताएका छन । नेपाल पे्रस युनियन रुपन्देहीको १९औँ वार्षिक साधारणसभालाई बिहिवार बुटवलमा सम्बोधन गर्दै नेता खाँणले गाविसलाई गाउँपालिका बनाएरमात्र स्थानीय निर्वाचन गर्नुपर्ने बताए । उनले लोकतन्त्रको संस्थागत विकास गर्न, संविधान कार्यान्वयन गर्न र स्थानीय निकायको निर्वाचनका लागि राष्ट्रिय सहमति आवश्यक छ भने । मुलुकमा पे्रस स्वतन्त्रता नभएसम्म लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै नेता खाँणले पत्रकारिताको विकासलाई मुलुकको परिवर्तनसँगै अघि बढाउनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले लोकतन्त्रबिनाको पे्रस स्वतन्त्रता सम्भव नहुने बताए ।
पत्रकारले आत्मसमीक्षा गरेर अघि बढ्ने बेला आएको उनको भनाइ छ । पे्रस युनियनका सल्लाहकार शिव लम्सालले पत्रकारको हितमा सञ्चार नीति बनाउनुपर्ने बताए । कार्यक्रममा पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष विपुल पोखरेल, पे्रस युनियनका केन्द्रीय सदस्य वसन्त पराजुली, नेपाली काँगे्रसका रुपन्देही सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्साल, पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष शेरबहादुर केसीलगायतले पत्रकारितालाई माथि उठाउन सबै क्षेत्रको सुधार हुनुपर्ने बताए ।
पत्रकार सम्मानित
नेपाल पे्रस युनियन रुपन्देहीले गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल र प्राविधिक शिव काफ्लेलाई सम्मान गरेको छ । पे्रस युनियन स्थापना भएको २५औँ प्रवेशका अवसरमा पे्रस युनियन रुपन्देहीको आज सम्पन्न १९औँ वार्षिक साधारणसभामा उहाँहरुलाई सम्मान गरिएको हो ।
१३ जेठ २०७३, बिहीवार १५:०५ बजे प्रकाशित