अराजक आन्दोलन गर्न दिदैनौँ : गृहमन्त्री
विराटनगर । गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनको नाममा अराजक गतिविधी नगर्न आब्हान गरेका छन । सोमबार विहान विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले लोकतान्त्रिक विधि र प्रक्रिया बाहिर गएर कसैले आन्दोलन गर्न खोजे सरकार चुप लागेर नबस्ने चेतावनी दिए । शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएपनि आन्दोलनको नाममा अराजक गतिविधी गर्ने छुट कसैलाई नभएको उनको प्रष्टोक्ती छ । यद्यपी शान्ति सुरक्षा र जनधनको सुरक्षाका लागि गर्ने भूमिकाबाट सरकार पछाडि नहट्ने उनको भनाई छ ।
फरक प्रसंगमा एकिकृत माओवादी नेता समेत रहेका मन्त्री बस्नेतले अहिलेको सरकारको विकल्प नखोज्न कांग्रेसलाई आग्रह गरे। उनले नेपाली कांग्रेस सहितको सहमतिको सरकार गठनको प्रयास भइरहेको जानकारी दिए ।
२९ चैत २०७२, सोमवार ०५:३६ बजे प्रकाशित