प्रचण्ड सदन खुलाउन लाग्दा एमाओवादी बैठक स्थगित

maoist-office-600x439काठमाडौँ, मङ्सिर २४ । एकीकृत नेकपा (माओवादी) को जारी केन्द्रीय समितिको बैठक आज स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल सदन खुलाउने विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त रहनुपर्ने भएकाले आजको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, “राष्ट्रसामु आएका सङ्कट समाधान गर्ने विषयमा छलफल गर्नुपर्ने भएकाले पार्टीको बैठक स्थगित गरिएको हो । शुक्रबार पुनः बैठक बस्छ ।”

बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथिको छलफल जारी थियो ।

विगत एक सातादेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशा, सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल चलिरहेको मुख्यसचिव पाण्डेले जानकारी दिए ।

२४ मंसिर २०७२, बिहीवार ०८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु