वीरगञ्जमा चार पत्रकार कोरोना संक्रमित

पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस कोभिड–१९ संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

३० वैशाख २०७७, मंगलवार ०९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु