जनताको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा .राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधन लगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछन् ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न लागेका हुन् ।

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको भर्खरै मिर्गौला पुनः प्रत्यारापण गरेका कारण संक्रमणबाट जोगाउन जनतालाई सम्बोधन गर्ने बेला भिडभाड हुन नदिन राज्य नियन्त्रित सन्चारमाध्यमलाई मात्र प्रवेश दिइने स्रोतले जनाएको छ ।

तीनै च्यानलबाट निजी क्षेत्रका सञ्चारमाध्यमले पनि प्रधामनन्त्रीको सम्बोधन प्रसारण गर्न पाउने व्यवस्था मिलाइएको छ ।

७ चैत २०७६, शुक्रवार ११:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु