मानवअधिकारद्धारा भारतीय नाकाबन्दी अन्तराष्ट्रियकरण
काठमाडौं, कात्तिक २२ । भारतले नेपालमा गरेको नाकाबन्दीले मानव अधिकार संकटमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।
आयोगले मानव अधिकारको स्थिति पत्र आइतबार सार्वजनिक गर्दै समस्या समाधानका लागि सरकार, आन्दोलनरत पक्ष र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।
आयोगबाट जारी मानव अधिकार स्थिति पत्रमा नेपाल(भारत सीमामा देखिएको अवरोधका कारण सिर्जित मानवीय संकट एवं जीवनको अधिकार, बाल अधिकार, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, पेशा व्यवसाय गर्न पाउने अधिकार, खाद्यान्नको अधिकार, महिलाको अधिकारलगायत मानव अधिकारमा पारेको प्रभाव औंल्याइएको छ ।
आयोगले उक्त स्थिति पत्र मानव अधिकार संस्थाहरुको एशिया प्रशान्त क्षेत्रीय मंच (एपीएफ), अन्तर्राष्ट्रिय समन्वय समिति ९आइसीसी० र मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) मा समेत पठाएको छ ।
देशमा उत्पन्न मानवीय संकटका कारण नेपालको संविधान एवं नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धी तथा अन्तर्राष्ट्रिय दस्तावेजहरुले प्रत्याभूत गरेका अधिकारहरुको उपभोगमा गम्भीर असर पारेको भन्दै त्यस्तो असरलाई सम्बोधन गर्न आयोगले नेपाल सरकार, तराई—मधेस केन्द्रित आन्दोलनरत पक्ष, अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको छ ।
२२ कात्तिक २०७२, आइतवार १३:१३ बजे प्रकाशित