व्यवसायिक पत्रकारिताको खाँचो
फागुन १९, काठमाण्डौँ । सरोकारवालाहरुले निश्पक्ष पत्रकारितासँगै व्यवसायिकताको आवश्यकता औँल्याएक छन् । नेपाल पत्रकार महासंघ नेपाल एफ.एम प्रतिष्ठान शाखाको छैटौँ बार्षिक साधारण सभा तथा चौँथो अधिवेशनको उद्घाटन एवं बधाई ज्ञापन कार्यक्रममा सरकोकारवालाहरुले न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन र अन्य सेवा सुविधा पत्रकारहरुको मुख्य मुद्दा हुने गरेको बताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका संयोजक एवं प्रमुख अतिथि सुरज आचार्यले श्रमजिवि पत्रकाहरुहरुको शुद्धिकरण प्रतिष्ठान शाखाहरुबाटै हुनुपर्नेमा जोड दिए । उनले न्युनतम पारिश्रमिक कार्यान्वयन, नियमित र श्रमजिवी पत्रकारहरुले मिडिया हाउसमा कार्यरत पत्रकारहरुले छोड्दा के उपलब्धी प्राप्त हुन्छ भन्ने निक्र्योेल हुने वातावरण बनाइनु पर्नेमा जोड दिए । संस्थामा विनियमावली बनाइनुपर्ने उनको भनाई छ ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रोशन पुरीले पनि न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने र नियमित हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठान शाखाका नवनिर्वाचित अध्यक्ष वैकुण्ठ ढकालले व्यवसायिक मर्यादा कायम गराउने वाचा गर्दै पेशागत मूल्य मान्यता कायम गराउने दृढता प्यक्त गरे ।
रचनात्मक एवं बौद्धिक कार्य गरेर सकारात्मक सन्देश दिन प्रयत्न गर्ने प्रतिवद्धता जनाए । सचिवमा रघुनाथ बजगाँई, कोषाध्यक्षमा रामकुमार शाहीलाई सर्वसम्मत निर्वाचित भएका छन् ।
१९ फागुन २०७३, बिहीवार ०६:०० बजे प्रकाशित





