नाटकका लागि वार्ता नगर्नमा अध्यक्ष यादवको जोड

जनकपुरधाम, कात्तिक १६ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंहदरबार घेर्ने मोर्चाको तत्काल कार्यक्रम नरहेको बताए ।

पत्रकारसँग आइतबार जनकपुरमा कुराकानी गर्दै उनले मोर्चा चीन र भारतको विरोधमा छैन भन्दै कुनै पनि राष्ट्रको झन्डा जलाउने काम निन्दनीय भएको पनि बताए ।

एक प्रश्नको जवाफमा अध्यक्ष यादवले आगामी वार्ताको अवस्था हेरेर मोर्चाले आन्दोलनको स्वरुपमा विचार गर्ने भन्दै नाटकका लागि मात्र वार्ता गर्न नहुनेमा जोड दिए ।  उनले मोर्चा सहमति र संवादमा विश्वास राख्छ भन्दै सरकार वार्तालाई उपलब्धिपूर्ण बनाउन ठोस रुपमा प्रस्तुत हुनुपर्ने खाँचो पनि औल्याए ।

अध्यक्ष यादवले मधेसको मुद्दा राजनीतिक भएकाले यसको समाधान पनि राजनीतिक तबरले हुनुपर्नेमा जोड दिए ।  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अन्तिम लडाईं झैँ हुने बताउँदै सरकारले आन्दोलनलाई भ्रमका रुपमा प्रचार गरिरहेको प्रति आपत्ति व्यक्त गरेका छन् ।

१५ कात्तिक २०७२, आइतवार २१:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु