कर्णालीमा डुङ्गा डुब्दा दैलेखकी महिलाको मुत्यु

दैलेख,  कात्तिक ८ । ल्याटिबिन्द्रासैनी गाविसको पाल्तडा देखि आधा घन्टा माथि कर्णाली नदी हुँदै अछामबाट दैलेखतिर आउँदै गरेको डुङ्गा डुब्दा एक महिलाको ज्यान गएको छ ।  डुङ्गा पल्टिँदा दुई महिला बगेका थिए । एक महिलाको उद्धारसकुशल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पुस्करबहादुर चन्दले बताए ।

कर्णालीले बगाएर ल्याटिबिन्द्रासैनीका ४५ वर्षीया रुपा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।  त्यस्तै उद्धार हुनेमा ल्याटिबिन्द्रासैनीकै अमृता शाही हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पाल्तडा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक लोकबहादुर बुढाको नेतृत्वमा डुङ्गा दुर्घटनामा हराएकी महिलाको शव पत्ता लगाएका थिए । उक्त डुङ्गामा तीनजना सवार थिए ।  डुङ्गा चालक भैरवस्थान काभ्रे अछामका टेकबहादुर बुढाले दुवै महिलालाई बचाउन खोज्दा एकजना बेपत्ता भई मृत अवस्थामा फेला परेको उहाँले बताए ।

८ कात्तिक २०७२, आइतवार ०३:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु