बाषिर्क नीति तथा कार्यक्रम पारित
काठमाण्डौँ । सरकारले ब्यवस्थापिका संसदमा आइतबार पेश गर्ने बाषिर्क नीति तथा कार्यक्रम पारित गरेको छ । मन्त्रिपरिषदको बिहीबार बेलुकी बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम राष्ट्रपतिले आइतबार पेश गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनमा खटपट मिलाउने दौडधुपका कारण बिहीबार बिहानका लागि तय भएको मन्त्रिपरिषद् बैठक साँझ मात्र बसेको थियो । सरकारले बजेटका सिद्धान्तहरुहरु बिहीबार नै संसदमा पेश गरिसकेको छ । दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्ने र स्वदेशी स्रोत प्रयोग गरी निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
२३ वैशाख २०७३, बिहीवार १५:५५ बजे प्रकाशित