भूकम्पपीडितका लागी जातियता भन्दा माथी उठेको ठकुरी सञ्जालको भिडियो हेर्नुहोस
काठमाडौँ, ३ बैशाख । गत बैशाख १२ को भूकम्पले क्षतविक्षत भएका भौतिक सरसाधन निर्माण तथा भूकम्पपीडितको उद्धारका लागी खटिएको ठकुरी सहयोग सञ्जालले सो सम्बन्धिको ‘डकुमेण्ट्री’सार्वजनिक गरेको छ ।
सञ्जालका अध्यक्ष रेशमजंग शाह ठकुरीका अनुसार बैशाख १२ यता भएको प्राकृतिक विपदको समयमा आफ्नो समुदायबाट पुर्याएको सहयोगको बारेमा एकत्रित डकुमेन्ट्री सार्ववजनिक गरिउको हो ।
‘किनकी…..हामी एक हौँ’ नाम दिइएको डकुमेन्ट्रीमा बैशाख १२ यता ठकुरी सहयोग सञ्जालले भूुकम्पपीडितलाई गरिएको सहयोगको बारेमा दृश्यसहित खुलाइएको छ ।
नयाँ बर्षको अवसरमा शनिबार राजधानीमा आफने तेश्रो बृहत् जमघट तथा भेटघाट कार्यक्रमममार्फत सो डकुमेन्ट्री सार्वजनिक गरिएको हो ।
१६ मिनेट बढीको डकुमेन्ट्रीमा विभिन्न भूकम्पपीडितलाई उपलब्ध गराइएको खाद्यान्न, लत्ताकपडाको बारेमा पनि खुलाइएको छ । सहयोग गर्दाताका विभिन्न कठिनाई पनि देखाइएको छ ।
डकुमेन्ट्रीको स्क्रिप्ट सञ्जालका अध्यक्ष रेशम शाह ठकुरीलै नै गरेका हुन् । ठकुरी सहयोग सञ्जाल ठकुरी जातीलाई एकिकृत गर्ने, भाषा संष्कृतीको संरक्षण गर्ने तथा राष्ट्रिय एकताको लागि पनि पहल गर्ने जस्ता कार्य गर्दै आइरहेको छ ।
संकटको वेला जातियता भन्दा माथी उठेर सबै समुदायमा आफ्नो सेवा पुर्याइरहेको सञ्जालको हाल कतार, संयुक्त अरब इमिरेटस्, साउदी अरेयिबा लगायत देशमा पनि शाखा रहेका छन् ।
३ वैशाख २०७३, शुक्रवार ०३:२९ बजे प्रकाशित