जब ‘प्रेमगित’का निर्माता र नायक मन्त्र कम्पलेक्समा पुगे….
नेपालमै उच्च प्रविधिको प्रयोग गरेर उत्कृष्ट नेपाली फिल्म निर्माण गरेका ‘प्रेमगित’ निर्माता सन्तोष सेन र नायक प्रदीप खड्का यतिबेला धेरैको आँखामा छन् । खासगरी केही गर्न सकिदैन भन्नेहरुका लागी उत्कृष्ट निर्देशक सुदर्शन थापालाई लिएर ‘प्रेमगित’ बनाएर सबैको वाहवाही पाएका सेन शनिबार एक फरक ठाउँमा भेटिए ।
प्रेमगितको सफलता पछि हालै मात्रै विदेशको भ्रमण सकेर आएका नायक प्रदीप खड्कासंग उनी बानेश्वरको एक कम्पलेक्समा झुल्किए । नयाँ बानेश्वरको मन्त्र कम्पलेक्समा करिब दुई घण्टा उनीहरुले विताउदाँ जेन्ट्स फेशनको शोका रुपमा स्थापना भएको भोगिस इन्टरनेश्नलको उद्घाटन थियो ।
खासगरी विदेशबाट रेडिमेड तथा गुणस्तरीय जेन्टस कपडाहरु ल्याएर विक्री गर्ने उद्धेश्यले खोलिएको पसल मन्त्र कम्पलेक्सको दोश्रो तलामा छ । वैदेशिक रोजगार व्यवसाय महासंघका अध्यक्ष विमल ढकालसहित निर्माता सेन र नायक खड्काले पसलको उद्घाटन रिबन काटेर गरे ।
करिब एक घण्टाजति पसलको भिजिट गरेर फर्किएका निर्माता सन्तोष सेन अब नेपालमै विदेशका महंगा कपडाहरु आयात गर्न तयार देखिन्छन् की फेशन शो स्टोर नै खोल्न ? हेर्न बाँकी छ।
अमित नेपाल, मिलन शाह र कृष्ण हमालले सयुँक्त रुपमा खोलेको पशलले बसन्त ऋतुमा युवाहरुको मन कत्तिको जित्ला हेर्न बाँकी छ । तर निर्माता सेन र नायक प्रदीपबाट उद्घाटन गराएर युवाहरुलाई आकर्षण गर्न सफल भएका छन् ।
८ चैत २०७२, सोमवार ०८:३४ बजे प्रकाशित