प्रधानमन्त्री भारत गएपछि नाकाबन्दी सदाका लागी अन्त्य : थापा
झापा, २ फागुन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले फागुन ७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुने दाबी गरेका छन् ।
राप्रपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाले शनिबार बिर्तामोडमा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेपाल र भारत बीचमा विगतमा देखिएको तिक्तता र असमझदारी प्रधानमन्त्रीको भारत भ्रमणले अन्त्य गर्छ, मन्त्री थापाले बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीचमा आर्थिक समृद्धिको साझेदारीको नयाँ चरण प्रारम्भ हुने उनको भनाइ थियो । कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पनि आफ्नो भनाई राखेका थिए ।
१ फागुन २०७२, शनिवार २०:५९ बजे प्रकाशित