सरकारी सेवालाई नागरिकमैत्री बनाउछु –मन्त्री शर्मा
दाङ, १८ पुस । सामान्य प्रशासन मन्त्री रेखा शर्माले सरकारी सेवालाई नागरिकमैत्री बनाउन आफू लागिपरेको बताएकी छन् ।
क्रान्तिकारी पत्रकार सङ्घले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले सरकारी सेवालाई प्रभावकारी र पारदर्शी बनाउन मन्त्रालयदेखि गाविस तहसम्मका सबै कार्यालयमा बडापत्र, गुनासोपेटीका राख्न र नागरिक सहायताकक्षको व्यवस्था गर्न लागेको जानकारी दिइन् ।
मन्त्री शर्माले अब नागरिक सहायता पुस्तिका प्रकाशन गरेर कुनैपनि सेवा प्राप्त गर्न मोबाइलबाटै जानकारी गराउने व्यवस्था गर्नलागेको जानकारी दिँदै सरकारी कार्यालयमा कर्मचारी र विचौलिया छुट्याउन नसक्ने अवस्था रहेकाले अब कर्मचारीलाई अनिवार्य पोसाक र परिचय पत्रलाई कडाई गरिने बताइन् ।
१८ पुस २०७२, शनिवार १७:३६ बजे प्रकाशित