एउटा कुकृत्यको उजागरः कुखुरा करणी गर्ने युवकलाई ३ बर्ष जेल

मानिस आफैमा पूर्ण प्राणी हैन । उसमा कुनै न कुनै खोट अवश्य हुन्छ । भनिन्छ नि, ‘शत प्रतिशत उत्तम र गुणवान मानिस भगवान कहलिन्छ ।’ त्यसैले मानिसमा थुप्रै खाले विकार र विकृतिहरु अवश्य हुन्छन ।

तर कुनै कुनै विकृतिहरु त सुन्नै नसकिने वा अत्यन्तै घृणित पनि हुन्छन । यस्तै एउटा घटना ब्रिटेनको ब्रेडफोर्ड शहरमा भएको छ । त्यहाँका एक युवकले कुखुरासंग यौन सम्पर्क गरेका छन । यसको भिडियो उनकै श्रीमतीले खिचेकी छिन ।

अदालतले यो घटनालाई गैह्रकानूनी मान्दै ती युवकलाई ३ बर्षको जेल सजाय सुनाएको छ । ब्रेडफोर्डका ३७ बर्षीय युवक रेहान बेगले यस्तो कुकृत्य गरेका हुन । उनलाई ब्रेडफोर्ड क्राउन कोर्टले कुखुरा करणी गरेको अभियोगमा ३ बर्षको जेल सजाय तोकेको हो ।

डेलीमेलले जनाए अनुसार करणीपछि कुखुराको मृत्यु भएको छ । बेगकी श्रीमतीले आफ्ना श्रीमानको अचम्म लाग्दा कृयाकलापहरुमा सहयोग गर्दै आएको पनि खुलेको छ । यद्यपी अदालतले उनलाई कुनै सजायँ तोकेको छैन ।

अदालतले बेगको कामलाई अत्यन्तै घृणित र विकृत कर्म भनेर परिभाषित गरेको छ । बेगले बालबालिकाहरुको यौन शोषणका तस्विरहरु राखेको कुरा थाहा पाएपछि ब्रिटेनको नेशनल क्राइम एजेन्सीले अनुशन्धान गर्दा यो घटनाको उजागर भएको हो ।

अनुशन्धानकर्ताहरुले बेगको कम्प्युटरमा बालबालिकाहरुमाथी यौन शोषण गरिएका तस्विरहरु भेटेका थिए । अनुशन्धानकर्ताहरुल अदालतमा दिएको बयान अनुसार बेगले थुप्रै कुखुराहरुसंग यौन सम्पर्क गरेको भिडियो फेला परेको थियो ।

५ कात्तिक २०७७, बुधवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु