नेपाली बजारमा नयाँ स्मार्टफोन

भिभोले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै ठुलो ब्याट्री क्षमता भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

लामो समय टिक्ने ब्याट्री, मजबुत बनावट र सहज प्रदर्शनलाई प्राथमिकता दिने प्रयोगकर्ताहरूका लागि लक्षित गरी यो स्मार्टफोन डिजाइन गरिएको हो ।

यस फोनको मुख्य आकर्षण ७२०० एमएएचको ठुलो ब्लुभोल्ट ब्याट्री हो । यसलाई चाँडो र प्रभावकारी रूपमा चार्ज गर्न ४४ वाटको ‘फ्ल्यास चार्ज’ प्रविधिले सहयोग गर्छ ।

सुरक्षाका लागि यसमा २५ तहको (25-Dimension) प्रोटेक्सन र ६ वर्षको ब्याट्री हेल्थको सुविधा दिइएको छ । कम्पनीका अनुसार १६०० पटक चार्ज गरिसकेपछि पनि यसको ब्याट्रीले कम्तीमा ८० प्रतिशत क्षमता कायम राख्ने कम्पनीको भनाइ छ ।

दैनिक जीवनमा आइपर्ने जोखिमहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो फोन धुलो र पानी प्रतिरोधी छ, जसका लागि यसले आईपी६८ र आईपी६८ रेटिङ प्राप्त गरेको छ ।

साथै, यसमा एसजीएस फाइभ-स्टार ड्रप रेसिस्टेन्स सर्टिफिकेसन, मिलिट्री-ग्रेड ड्रप प्रोटेक्सन र टाइटन ग्लास जस्ता सुविधा छन् ।

चुनौतीपूर्ण अवस्थामा पनि सहज रूपमा फोन चलाउन यसमा ‘वन-ट्याप वाटर एण्ड डस्ट इजेक्सन’ (पानी र धुलो फाल्ने प्रविधि) र ‘वेट-ह्यान्ड टच’ (भिजेको हातले पनि चलाउन सकिने) जस्ता सुविधा रहेको कम्पनीले जनाएको छ ।

फोनमा चिपसेट ‘स्न्यापड्रागन ६एस जेन २’ फोरजी प्रोसेसर प्रयोग गरिएको छ ।

ओरिजिन ओएस सिक्समा आधारित फोनमा ‘ओरिजिन आइल्याण्ड’, एआई–सुपरलिङ्क, एआई क्याप्सनजस्ता एआई सुविधा छन्, जसले प्रयोगकर्ताको उत्पादकत्व र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने कम्पनीको भनाइ छ ।

यो फोन ‘फेदर गोल्ड’ र ‘स्टारलाइट ग्रे’ गरी दुई रङमा उपलब्ध हुनेछ । ग्राहकले यो फोन दराज र नेपालभरका आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सक्नेछन् ।

१४ फागुन २०८२, बिहीवार २३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु