विश्वकै उत्कृष्ट ५ पब्जी मोबाइल प्लेयर

२०२० को वर्ष पब्जी मोबाइल गेमको लागि यादगार वर्ष रहन गयो ।

पब्जीको अभिभावक कम्पनी टेन्सेन्टले गेमिङबाटै यस वर्ष २ अर्ब ६० करोड डलरको आम्दानी गर्दै पब्जीलाई सदावहार सफल गेमिङको अग्रसूचीमा ल्याएर उभ्यायो ।

२०२० मा यो सबैभन्दा धेरै डाउनलोड भएको गेम पनि बन्न सफल भयो । यसैवर्ष दुई मोबाइल ईस्पोर्ट्सहरु पनि आयोजना भए
पीएमडब्लुएल इस्ट र अर्को पीएमजीसी । यी दुवै गेमले १० लाख भ्यूअरसिप पुरा गर्न सफल भयो ।

२०२० को अन्त्यतिर आइपुग्दै गर्दा यस वर्षको पब्जी मोबाइलका शीर्ष पाँच गेमरका बारेमा थाहा पाउनुहोस ।

१. सूक

सूकको नामले पब्जी मोबाइल वर्ल्डमा चिनिने चोइ वन सूक दक्षिण कोरियाली नागरिक हुन् । उनी फोर एङ्ग्री मेन टिमका लागि खेल्छन् । उनले पीएमजीसी २०२० को किल्स चार्टमा अग्रस्थान हासिल गरेक थिए जसमा उनको १४९ वटा फ्राग्स थियो ।

उनी लिगकै टर्मिनेटर टाइटलबाट समेत सम्मानित भए । वास्तवमा फोर एङ्ग्री मेनका लागि २०२० निकै भाग्यशाली सावित हुन गयो ।

यसले पीएमजीसी लिग स्टेज र पीईएल एस थ्री दुवैको टाइटल हात पार्न सफल भयो । उनी पीईएल सिजन थ्री ग्राण्ड फिनालेको एमभीपी समेत बन्न सफल भए ।

२. रिजेन

इन्डोनेसियाली टिम बिग्ट्रोन आरएका मोहम्मद अल्बी पब्जी मोबाइल वर्ल्डमा रिजेन नामले परिचित छन् । उनी टिममा मेन रसर एसल्टर हुन् । पीएमजीसी २०२० मा उनले ग्रिनेड मास्टरको टाइटल हात पारेका थिए । उनी दुवै पीएमडब्लुएल इस्ट र पीएमजीसी २०२० का टप फ्रागर्स हुन् ।

३.एस भ्यान

एस भ्यान चिनियाँ पब्जी मोबाइल प्रो खेलाडी हुन् । उनको वास्तविक नाम झोङ होङसेन हो । उनी फोर एङ्ग्री मेन टिमका लागि एसल्टर हुन् ।

पीएमजीसिको लिग स्टेजमा उनले एमभीपीको टाइटल हात पारे । साथै पीएमजीसीमा फोर एङग्री म्यान ग्रुपका घघएस भ्यानले ड्यामेज मास्टर र द लास्ट म्यान स्ट्याण्डिङको टाइटल जित्न सफल भए ।

४. ईयर्नी

थाइल्याण्डको पब्जी टिम आरआरक्यू अथेनाका एसल्टर हुन् ईयर्नी, जसको वास्तविक नाम हो वचिराविट रामाङकूल । २०२० को पीएमजीसीमा उनी टप फ्रागर्स ९ग्रिनेड फ्याँक्ने व्यक्ति बने । पीएमडब्लुएल इस्ट र पीएमजीसी लिग स्टेज दुवैमा उनको टिम आरआरक्यू अथेनाले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।

५. गोन्जो
काजाकिस्तानका गोन्जो कोनिना पावरका क्याप्टेन हुन् । उनको वास्तविक नाम नूरसुल्तान नार्टबयेभ हो । हालै भएको पीएमजीसीमा उनी चौंथो स्थानमा सुरक्षित रहन सफल भए ।

उनले २५ प्रतिशत हेडसट रेट ल्याएर पीएमजीसीमा हेडसट मास्टरको अवार्ड पनि पाउन सफल भए । टुर्नामेन्टमा जुनसुकै प्लेयरका लागि यो उच्चतम रेटिङ हो ।

 

 

 

११ पुस २०७७, शनिवार १३:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु