एन्ड्रोइड इलेभेन आज सार्वजनिक हुदै, यी फोनमा हुनेछ उपलब्ध

गूगलले एन्ड्रोइड ११ अपरेटिङ्ग सिस्टम आज सार्वजनिक गर्ने भएको छ ।

एन्ड्रोइड इलेभेन पिक्सेल फोनमा मात्रै नभएर वानप्लस, साओमी, ओप्पो आदि फोनमा पनि उपलब्ध हुनेछ ।

विशेष गरी वानप्लस ८ र वानप्लस ८ प्रो , ओप्पो एक्स २ र रेनो ३ मा एन्ड्रोइडको नयाँ अपडेट प्राप्त हुनेछ । साओमी र रियलमीको भने कुन मोडेलले अपडेट आउछ भनेर निश्चित गरिएको छैन् ।

गूगलको ब्लग अनुसार कुराकानी, कनेक्टेड डिभाइस तथा गोपनियतामा केन्द्रित भएर एन्ड्रोइड इलेभेनको अपडेट आउनेछ ।

एन्ड्रोइड इलेभेनमा बियुल्ट इन स्क्रीन रेकर्डिङ्ग फिचर उपलब्ध हुने भएको छ जुन पहिले आइओएसमा मात्रै उपलब्ध थियो । पहिलो पटक एनड्रोइडले यो फिचर पाउने भएको हो ।

त्यस्तै एनड्रोइडको नयाँ अपडेटमा बबल्स फिचर पनि उपलब्ध हुने भएको छ । यसले गर्दा कुनै पनि एपमा आएको मेसेज माथि नै आउँछ र आफूले चलाइरहेको एप बन्द नगरिकनै रिप्लाई पनि दिन मिल्छ ।

एन्ड्रोइड ११ मा नयाँ पावर मेन्यू पनि रहेको छ, जसलाई धेरै बेर सम्म पावर बटन थिचेर प्राप्त गर्न सकिन्छ ।

नयाँ अपडेटले गोपनीयताको लागी प्रयोगकर्ताले एपमा एकचोटिको पहुँच दिने विकल्प पनि दिनेछ । समग्रमा भन्नुपर्दा एन्ड्रोइडको नयाँ अपडेट प्रयोगकर्तामैत्री छ ।

२४ भदौ २०७७, बुधवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु