क्यानन क्यामेराको तस्वीर अब स्वतः गूगल फोटोजमा अपलोड गर्न सकिने

अब गूगल फोटोमा क्यानन क्यामेराबाट खिचेका तस्वीर अटोमेटिक अपलोड हुने भएको छ । यसका लागि क्यानन र गूगलले संयुक्त रुपमा नयाँ सफ्टवेयर इन्टिग्रेसन सार्वजनिक गरेका छन् ।

यो सफ्टवेयरले क्यानन क्यामेराबाट लिइएका तस्वीरहरुलाई अटोमेटिक रुपमा गूगल फोटोजमा ब्याकअप राखिदिनेछ ।

क्याननको यी मोडलका क्यामेराहरुमा यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । विशेषगरी यी क्यामेराहरु इन्टरचेन्जेबल लेन्स क्यामेराहरु हुन् ।

यो अटो ब्याकअप फिचरले क्यानन क्यामेरा कनेक्ट एपबाट मात्र काम गर्न सक्छ । यो एप एन्ड्रोइड र आईओएस दुवै डिभाइसका लागि उपलब्ध छ ।

यदि तपाईंसँग नयाँ भर्सन छ भने तपाईंले आफ्नो क्यानन क्यामेरा यो एपसँग कनेक्ट गराएर सबै ओरिजिनल क्वालिटीको फोटो आफ्नो क्यामेराबाट गूगल फोटोजमा सार्न सक्नुहुन्छ ।

यसको लागि तपाईंको फोन र क्यामेरा पनि एकअर्कोसँग कनेक्ट भएको हुनुपर्छ । साथै तपाईंले आफ्नो फोन र क्यामेरालाई वाईफाई अप्सनबाट जोडेर एपबाट फोटो ट्रान्सफर गर्न सक्नुहुन्छ ।

यस्तै अर्को अप्सन भनेको क्यामेरा वा मेमोरी कार्डलाई ल्यापटपमा राखेर पनि यो एपबाट काम गर्न सक्नुहुन्छ ।

तर यसमा पनि केही सीमितता छन् । यो एप गूगल फोटो क्लाउडका लागि मात्र काम लाग्छ ।

गूगलका लागि नयाँ क्यानन प्रयोगकर्ताहरुले क्लाउड स्टोरेजमा सय जीबी निस्शुल्क पाउनेछन् । यो निस्शुल्क एक्सेसको सुविधा एक महिनासम्मका लागि रहनेछ ।

१९ भदौ २०७७, शुक्रवार १५:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु