पछिल्लो २४ घण्टामा ६,८२५ जनामा कोरोना संक्रमण
५९0४ जना कोरोना संक्रमणमुक्त, ७५ जनाको मृत्यु
२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौँ उपत्यकामा २ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।
२० जेठ २०७८, बिहीवार १७:१८ बजे प्रकाशित











