५०० संक्रमित थपिए, संक्रमण निको हुने दर ९६.७ %

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा २१३ महिला र २८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु हुँदा ८४० जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७०० जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४९ हजार १३२ जना रहेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ६ हजार ७४९ जना रहेको छ भने संक्रमण निको हुनेदर ९६.७ प्रतिशत रहेको छ ।

यस्तै हालसम्म कुल १८१९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४३४ जनाको कोरोना परीक्षण भएको छ । यससँगै देशभर १९ लाख ५ हजार ८२६ जनाको पीसीआर परीक्षण भएको छ ।

११ पुस २०७७, शनिवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु