कोरोनाबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु
कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सूर्योदय नगरपालिका( १२ की उनलाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुबै मृगौलाले काम गर्न छाडेकाले विराट मेडिकल कलेजले काठमाडौं लैजान रिफर गरेको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।
आफन्तले भने विराटनगरका अन्य अस्पतालमा भर्ना गराउन खोजे । तर बेड नभेटिएपछि घर लैजादै गर्दा बाटोमा मृत्यु भएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट धनराज यादवले जानकारी दिए ।
२ कात्तिक २०७७, आइतवार ०७:५७ बजे प्रकाशित