हिडेर अस्पताल गएका दुई कोरोना संक्रमितको चितवनमा मृत्यु

चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना चितवन भरतपुरका हुन् भने अर्का मकवानपुर हेटौंडाका हुन् ।

पुरानो मेडिकल कलेज भरतपुरमा भरतपुर महानगरपालिका ११ का ७६ बर्षिय महिलाको मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना भएकी उनलाई असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

आकस्मिक कक्षमा उपचाररत उनको शुक्रबार बिहान ११ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका(७ न्यौरेनीका ७८ वर्षीय पुरुषको शुक्रबार उपचाररको क्रममा मृत्यु भएको छ ।

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीबार राति भरतपुर अस्पतालमा रेफर गरिएको थियो ।

अस्पतालका अनुसार बिहीबार नै उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ असोज २०७७, शुक्रवार २१:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु