काठमाडौंमा कोरोना संक्रमित १३ हजार नाघे, भक्तपुर र ललितपुरमा कति ?

 

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार नजिक पुगेको छ ।

शनिबारसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या १५ हजार ८४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै संक्रमितको संख्या १३ हजार १४ पुगेको छ । जसमा पुरुष ८ हजार ७३३ र महिला ४ हजार २८१ रहेको छ। यस्तै ललितपुरमा १४८४ संक्रमितमध्ये पुरुष ८१० र महिला ६७४ जना रहेका छन् ।

यसैगरी भक्तपुरमा १३५१ संक्रमित मध्ये पुरुष ७६१ र महिला ५९० जना रहेका छन् ।

३ असोज २०७७, शनिवार २१:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु