डाक्टर केसीको स्वास्थ्य गम्भीर, जीवनरक्षा गर्न चिकित्सक संघको माग
अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य थप गम्भीर भएको छ । उनको जीवनरक्षाका लागि नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले केसीको जीवन रक्षा गर्न सरकारलाई माग गरेको हो ।
गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहलाई सरकारले गम्भीर रूपमा लिइ उनीसँग वार्ता गर्नुपर्ने संघको माग छ । उनका जायज माग सम्बोधन गरी अनशन तोडाउन सरकारलाई आग्रह गरिएको छ ।
डाक्टर केसीले भदौ २९ बाट जुम्लाको बामिरामष्ट मन्दिरमा अनशन थालेका छन् । तर सरकारले हालसम्म चासो देखाएको छैन ।
२ असोज २०७७, शुक्रवार २१:३० बजे प्रकाशित




