दशतिर भौतारिने १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए ।

सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उनको भनाइ छ ।

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी सङ्क्रमण देखिएको छ । महासङ्घका महासचिव रमेश विष्टले सङ्क्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ ।

३० भदौ २०७७, मंगलवार ०८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु