कोरोनासँग लड्न गल्ति गरेको भदै सिंगापुरका प्रधानमन्त्रीले माफी मागे

सिंगापुरका प्रधानमन्त्रीद्वारा कोरोना रोकथाममा गल्ति भएको स्वीकार

सिंगापुरका प्रधानमन्त्री ली सीन लूंगले कोरोना भाइरससँग लड्न सरकारले गल्ति गरेको स्वीकार गर्दै माफी मागेका छन् ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री लीले सरकारले छिटो र आक्रामक तरिकाले कारवाही गर्नुपर्नेमा त्यसो नगरेको स्वीकार गरेका छन् ।

सिंगापुरमा प्रवासी मजदुरलाई राख्ने विषयमा गल्ति भएको उनले बताए । मजदुरहरुलाई एकै कोठामा २०(२० जनालाई राखिएको थियो ।

शुरुमा सिंगापुरले कोरोनाविरुद्ध लडेको लडाईको विश्वभर प्रसंशा भएको भएपनि पछि सिंगापुरमा संक्रमण बढेको थियो ।

सिंगापुरमा अहिले ५६ हजार संक्रमित रहेका छन्, जसमा ५० हजारभन्दा बढी प्रवासी मजदुर रहेका छन् । उनीहरु दक्षिण एशियासहित अन्य देशबाट आएका मजदुर हुन् । उनीहरुलाई महामारीको क्रममा कै कोठामा २०(२० जना सम्म राखिएको थियो ।

पछि सरकारले आफ्नो रणनिति बदलेर व्यापक रुपमा परिक्षण गरेको थियो । सिंगापुरमा अहिले सीमा बन्द छ भने अर्थव्यवस्था मन्दी तर्फ गएको छ । अहिले सरकारमाथि मजदुरको सुरक्षामा ध्यान नदिएको आरोप लागेको छ भने प्रधानमन्त्रीले समेत सरकारबाट गल्ति भएको स्वीकार गरेका छन् ।

सिंगापुरमा अहिलेसम्म ५६ हजार ९०१ संक्रमित रहेका छन भने अहिलेसम्म २७ जनाको ज्यान गएको छ । सिंगापुरमा ५५ हाजर ८९१ संक्रमित ठिक भएका छन् भने देशमा केवल ९८३ सक्रिय संक्रमित रहेका छन् ।

१८ भदौ २०७७, बिहीवार ०६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु